सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट हुल तथा दंगा व्यवस्थापन तालिम समापन

03rd November, 2017
कास्की, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २४३ हुल तथा दंगा व्यवस्थापन तालिमको कार्तिक १७ गते सोही महाविद्यालयमा आयोजित एक समारोहका बीच समापन गर्नुभयो । सो अवसरमा उहाँले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामबहादुर पाली बोगटीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । तालिमका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले अर्ध सैनिक प्रकृतिको संगठनमा तालिमको महत्व र अपरिहार्यता उच्च रहने बताउनुहुँदै शारीरिक एवं मानसिक रुपमा चुस्त र तन्दुरुस्त राख्न तालिमले अहम भूमिका खेल्ने उल्लेख गनर््ुभयो । उहाँले सशस्त्र प्रहरी ऐनमा उल्लेख भएबमोजिम देशको कुनैपनि भागमा भएको वा हुन सक्ने दंगा व्यवस्थापन गर्नु एपीएफको मुख्य जिम्मेवारी हो भन्नुहुँदै संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले विद्यमान कानून, नीतिनियम तथा मानवअधिकारको अक्षरस पालना गर्दै व्यावसायीक ढंगबाट कुशलतापूर्वक दायित्व निर्वाह गर्दै आइरहेको बताउनुभयो । हुल तथा दंगा व्यवस्थापन कार्य चुनौतीपूर्ण र जटिल कार्य भएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो–झपरिस्थितिको पूर्वानुमान गर्ने क्षमता, विवेकको प्रयोग तथा सम्बन्धित पक्षसँगको समन्वय, उपलब्ध जनशक्ति, श्रोतसाधनको उचित व्यवस्थापन एवं प्रचलित कानून र मानवअधिकार सिद्धान्तको पालनबाट मात्रै हुल तथा दंगा व्यवस्थापनको कार्य सहज हुन्छ । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मुलुक निर्वाचनको मुखमा रहेको चर्चा गर्नुहुदै जुनसुकै स्थानमा खटिइदा पनि प्राप्त जिम्मेवारीलाई त्रुटिरहित एवं उत्कृष्ट तवरबाट पुरागर्न अझै बढी संवेदनशिल र इमान्दार भएर संगठनको छवि उच्च हुने स्तरबाट पदीय कार्यकुशलता प्रदर्शन गर्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा हुल तथा दंगा व्यवस्थापनको अवस्थामा कम मानवीय क्षति, मानव अधिकारको संरक्षण एवं संवद्र्धन राष्ट्रिय सम्पत्तिको संरक्षण, प्रचलित कानुनी व्यवस्था, न्यूनतम बल प्रयोगको सिद्धान्त लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञान दिलाउन संगठनले यस किसिमका उन्नत तालिमको व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले तालिमको दौरानमा प्रशिक्षार्थीहरुले आर्जन गरेको ज्ञान, अनुभव र सीपले व्यावसायीक कार्यसम्पादनमा सहजता ल्याउनुका साथै वृत्तिविकासमा समेत टेवा पु¥याउने बताउनुहुँदै यस्ता तालिम चुस्त, दुरुस्त र सक्षम कमाण्डर बन्न सहयोगी रहने चर्चा गर्नुभयो । कार्यक्रममा सो तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बंशीराज दाहालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुदै ज्ञान, सीप र क्षमता अभिबृद्धिका लागि तालिम सहायकसिद्ध ठहरिने विश्वास व्यक्त गर्नुभयो । गत भदौ ११ गतेबाट संचालित आठ हप्ता अवधिको सो तालिममा १० जना सशस्त्र प्रहरी नायव उपरीक्षकसहित कूल ४३ जना सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई मानव अधिकार तथा अन्तर्राष्ट्रिय मानवीय कानून, सूचना संकलन, बल प्रयोगको सिद्धान्त, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, हुल तथा दंगा व्यवस्थापनका विभिन्न विधिहरु लगायत विविध विषयमा सम्बन्धित क्षेत्रका विज्ञ प्रशिक्षकहरुद्धारा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण प्रदान गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम