गृह राज्यमन्त्री श्रेष्ठबाट सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा तालिम सम्मेलनको समापन

09th October, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संचालन भएको दुई दिवसीय ‘सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा तालिम सम्मेलन २०७४’ सम्पन्न भएको छ । गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले असोज २३ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोह बीच सो सम्मेलनको समापन गर्नुभयो । सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालका देशभर रहेका बाहिनी तथा प्रशिक्षण केन्द्रका प्रमुखहरु लगायत प्रधान कार्यालयका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो । गृह राज्यमन्त्री श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षादेखि राष्ट्रिय अखण्डता एवं मुलुकको सार्वभौमिकता लगायतका समग्र क्षेत्रमा आफुलाई प्राप्त भएको भूमिकालाई उच्च स्तरबाट निर्वाह गरेको बताउनुभयो । उहाँले मुलुकको बदलिदो परिवेशमा आयोजित यस सम्मेलनले समयसापेक्ष ढंगबाट अगाडि बढ्न तथा नीतिनिर्माण एवं कार्ययोजना तर्जुमा गर्न र विगतदेखि अहिलेसम्मका कामकारवाही लगायतका विविध विषयमा विभिन्न चरणमा समिक्षा हुनु महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गर्नुभयो । वर्तमान परिस्थितीमा आईपर्ने सबै प्रकारका सुरक्षा चुनौतीलाई सामना गर्दै अगाडी बढ्न तथा आगामी रणनीति तय गर्नका लागि समेत यो सम्मेलन उपलब्धिमूलक रहेको उल्लेख गर्नुहुँदै गृह राज्यमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि हालसम्म गरेका कार्यसम्पादन सबैले सन्तुष्टि गर्ने खालको रहेको चर्चा गर्र्नुभयोे । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सम्मेलनबाट प्राप्त सुझाव, निष्कर्ष र निचोडहरुलाई समेट्दै वर्तमान अवस्थामा अवलम्वन गर्नुपर्ने रणनीति तथा कार्यान्वयनतर्फ संगठन अझै द्रुत्त गतिमा अगाडी बढ्ने उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई आन्तरिक सुरक्षाको महत्वपूर्ण र भरपर्दो सुरक्षा संगठनको रुपमा स्थापित गर्र्दै कम्तीमा एक जिल्लामा एउटा एपीएफ युनिटको अवधारणामा पुनः संरचना गर्न, तालिमलाई मेरुदण्डको रुपमा समयानुकुल र अनिवार्य बनाउँदै संगठनलाई अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्न समेत सम्मेलन फलदायी रहेको बताउनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेम कुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो । दुई दिवसीय उक्त सम्मेलनमा विद्यमान सुरक्षा चुनौती तथा संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपालको भुमिका, समयानुकुल व्यावसायिक प्रशिक्षण, सशस्त्र प्रहरी कर्मचारीको वृत्ती विकास तथा कल्याणकारी कार्य, सशस्त्र प्रहरी बल नेपालको परिचालन लगायतका विविध विषयमा विस्तृप्त छलफल भएको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2018-05-27
शिलबन्दी बोलपत्र आव्हानको सूचना (स.प्र.बल, नेपाल छिन्नमस्ता गण बर्दिवास, महोत्तरी)
2018-05-25
सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा ।
2018-05-25
सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा तथा पदस्थापना।
2018-05-18
सशस्त्र प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशन
2018-05-18
आशय पत्र प्रदान गरिएको सूचना
2018-05-17
सशस्त्र प्रहरी बरीष्ठ नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना सम्बन्धमा।
2018-05-16 - 2018-05-31
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना। (नेपाल ए.पी.एफ अस्पताल)
2018-05-15
बोलपत्र स्वीकृत गर्ने आशयको ७ दिने सूचना (सूचना नं. APFRCISD/NCB/G/01/2074/2075)
2018-05-15
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2074/075
2018-05-14
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं. ३-२०७४/०७५
2018-05-14
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०५/०७४-०७५
2018-05-13 - 2018-06-14
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वानको सूचना (मद्दती तथा सेवा निर्देशनालय)