एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद

10th September, 2017
मोरङ, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय मोरङबाट खटिएको एपीएफ टोलीले भाद्र २५ गते करीव ६ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । को. १ च ९८८८ नम्बरको गाडीमा भन्सार छली ल्याइएको साडी, सुटपिस, धोती, फेन्सी आइटम र विभिन्न कस्मेटिक सामान मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रामजानकी मन्दिर नजिकबाट एपीएफ टोलीले बरामद गरेको हो । नेपाल भारत सीमा क्षेत्रबाट करीव १ किलोमिटर माथि नेपालतर्फ पर्ने उक्त इलाकाबाट चोरीपैठारीको उल्लेखित सामाग्रीसहितको सो गाडी विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सुनसरी जिल्लाको इनरुवा नगरपालिका २ बस्ने गाडी चालक रोहित गुरुङ्गलाई समेत पक्राउ गरेको छ । बरादम सामाग्री आवश्यक कारवाहीको लागि एपीएफ टोलीले उक्त गाडी र चालकसहितै तत्कालै भन्सार कार्यालय रानीमा बुझाएको छ ।

RECENT NOTICE

2017-09-01
सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट निर्देशिका (पहिलो संशोधन), २०७१
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा