एपीएफ टोलीद्वारा पाँच लाख रुपैयाँ बढीको कुखुराको चल्ला बरामद

22nd August, 2017
बाँके, अवैध रुपले नेपाल भित्र्याउन लागेको सात हजार छ सयवटा कुखुराको चल्ला बाँके जिल्लाको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट एपीएफ टोलीले बरामद गरेको छ । करीव पाँच लाख ३२ हजार रुपैयाँ बराबरको उक्त चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको एपीएफ टोलीले भाद्र ५ गते बरामद गरेको हो । भे. १ च २२४१ नम्बरको जीपमा अवैध ढंगले ल्याउँदै गरेको उल्लेखित चल्ला सो गुल्मबाट सशस्त्र प्रहरी नायव निरीक्षक डिल बहादुर खत्रीको कमाण्डमा गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । चोरीपैठारीको उल्लेखित चल्ला भारतबाट नेपाल ल्याउने कार्यमा प्रयोग भएको सो गाडी समेत एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले बरामद कुखुराको चल्ला गाडीसहितै आवश्यक कारवाहीको लागि तत्कालै पशु क्वारेन्टाइन चेक पोष्ट जमुनाहमा बुझाएको छ । उक्त चल्ला हिजै स्थानीय पशु स्वास्थ्य प्राविधिक र स्थानीयको रोहबरमा नष्ट गरिएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-11-24 - 2017-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ (४) मा उल्लेख भएको Tentage Items को स्पेसिफिकेशन संशोधन संम्बन्धी सूचना।
2017-11-22
प्रा.स.प्र.नि.(चिकित्सक) पदको उम्मेदवारहरुको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना
2017-11-21 - 2017-12-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना(निर्माण सम्बन्धी)
2017-11-19
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2017-11-15 - 2017-12-14
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/04/2074/075 को बुँदा नं.१ अन्तर्गत क्र.सं.३ विपद ब्यवस्थापन सम्बन्धी उद्धार समाग्रीहरुको विवरण संशोधन सम्बन्धी सूचना
2017-11-14 - 2017-12-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/D/R/02/2074/075)
2017-11-14
प्रा.स.प्र.नि(चिकित्सक) पदको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ताको मिति संशोधनको सूचना
2017-11-09 - 2017-12-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ को 8 KVA Generator को प्राविधिक विवरण संशोधन संम्बन्धी सूचना
2017-11-03
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) तर्फको लिखित परिक्षाको नतिजा
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (नेपाल ए.पि. एफ अस्पताल)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७४/०७५ (नेपाल ए.पि. एफ स्कूल)