गुल्मपति तथा स्टाफ तालिम सम्पन्न

17th August, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१८ गुल्मपति तथा स्टाफ तालिम (सिसिएससी) सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भाद्र १ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा संगठनको उद्देश्य प्राप्तीको निम्ती नियमीत रुपमा तालिमहरु संचालन गर्दै आएको बताउनुहुँदै तालिमलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र परिचालितहुँदै स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालले उल्लेखनीय कार्य गरेको चर्चा गर्नुहुँदै अविरल वर्षापछि आएको बाढि पहिरोमा परेकाहरुको सकुशल उद्वार तथा राहत वितरण कार्यमा उत्कृष्ट योगदान पु¥याइरहेको बताउनुभयोे । जनताको बीचमा भरपर्दो तथा विश्वासिलो सुरक्षा संगठनको रुपमा स्थापित हुन जनताको जीउ धनको सुरक्षाको लागि अहोरात्र खटिनुपर्ने बताउनुहुँदै तालिममा आफुले सिकेको ज्ञान, सीप र जोसलाई संगठनको नीतिनिर्देशन अनुसार कार्यक्षेत्रमा लागू गर्नुहुँन निर्देशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा तालिममा सिकेका ज्ञान, सिप तथा कलाको विकास गरी आफ्नो मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सक्नुपर्ने तथा कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा युएन शान्ति स्थापना तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रह्राचार्यले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तीन महिना अवधिको उक्त तालिममा कूल २८ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए । उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक अर्जुन पौडेल सर्वप्रथम भएका छन् भने सशस्त्र प्रहरी निरीक्षक प्रदिप राई शोधपत्रतर्फ उत्कृष्ट ठहरिएका छन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल लगाएत एपीएफ अधिकृतहरुको उपस्थित रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-11-24 - 2017-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ (४) मा उल्लेख भएको Tentage Items को स्पेसिफिकेशन संशोधन संम्बन्धी सूचना।
2017-11-22
प्रा.स.प्र.नि.(चिकित्सक) पदको उम्मेदवारहरुको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ता सम्बन्धी सूचना
2017-11-21 - 2017-12-21
बोलपत्र आह्वानको सूचना संशोधन गरिएको सूचना(निर्माण सम्बन्धी)
2017-11-19
आसय पत्र प्रदान गरिएको सम्बन्धमा (स.प्र.बल कल्याणकारी सेवा केन्द्र)
2017-11-15 - 2017-12-14
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/04/2074/075 को बुँदा नं.१ अन्तर्गत क्र.सं.३ विपद ब्यवस्थापन सम्बन्धी उद्धार समाग्रीहरुको विवरण संशोधन सम्बन्धी सूचना
2017-11-14 - 2017-12-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/D/R/02/2074/075)
2017-11-14
प्रा.स.प्र.नि(चिकित्सक) पदको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ताको मिति संशोधनको सूचना
2017-11-09 - 2017-12-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ को 8 KVA Generator को प्राविधिक विवरण संशोधन संम्बन्धी सूचना
2017-11-03
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) तर्फको लिखित परिक्षाको नतिजा
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (नेपाल ए.पि. एफ अस्पताल)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७४/०७५ (नेपाल ए.पि. एफ स्कूल)