राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान परिसर सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण

30th June, 2017
काठमाडौं, चीन सरकारको सहयोगमा काठमाडौंको मातातिर्थमा नव निर्मित राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान परिसर हस्तान्तरण कार्यक्रम असार १६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सम्पन्न भएको छ । गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा गृहसचिव लोकदर्शन रेग्मी र नेपालका लागि चीनका राजदूत Yu Hong ले उक्त विशेष समाारोहमा सो प्रतिष्ठान सशस्त्र प्रहरी बल नेपाललाई हस्तान्तरण गरिएको पुस्तिकामा हस्ताक्षर गर्नुभयो । त्यसअवसरमा गृहसविच लोकदर्शन रेग्मीले उक्त प्रतिष्ठानको निर्माण पश्चात सशस्त्र प्रहरी बल नेपालको व्यावसायीक क्षमता अभिबृद्धि तथा दक्ष जनशक्ति उत्पादनमा उल्लेख्य सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आन्तरिक प्रशासनको सुधारमा गृहप्रशासन लागिपरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको आधुनिकिकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बल नेपालको लागि यस प्रतिष्ठान मानव संशाधन आपूर्तिमा कोशेढुंगा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो । नेपालका लागि चीनका राजदूत Yu Hong ले राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानको निर्माण परियोजना समयमै सम्पन्न भएको चर्चा गर्नुहुँदै निर्माण कार्यमा संलग्न कम्पनीप्रति आभार व्यक्त गर्नुहुँदै निर्माण कार्यमा सशस्त्र प्रहरी बल नेपालबाट प्राप्त सहयोगको साराहना गर्नुभयो । उहाँले चीनले नेपाल सरकारसँग निरन्तर सहकार्य गर्दै विभिन्न क्षेत्रमा कार्य गर्दै आइरहेको उल्लेख गर्नुहुँदै आगामी दिनमा समेत चीन सरकारको सहयोग निरन्तर रहिरहने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सो प्रतिष्ठान परिसर निर्माण कार्यमा चीन सरकार र चाइना रेल वे कन्सट्रक्सन कम्पनीबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो । यस प्रतिष्ठानको निर्माणले संगठनको प्रशिक्षण कार्यमा उल्लेखनीय योगदान पुग्ने बताउनुदुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यसबाट व्यावसायीक कार्य र दक्ष जनशक्ति विकासमा टेवा पुग्ने चर्चा गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले चाइना रेल वे चौधौं व्यूरो ग्रुप कर्पोरेसन लिमिटेड (सीआरसीसी)का डिपुटी जेनेरल म्यानेजर Wang Hongwei लाई प्रशंसापत्र तथा सोही कर्पोरेशनका ब्रान्च जेनेरल म्यानेजर Li Jwin Changलाई मायाको चिनो प्रदान गर्नुभयो । समारोहमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो समारोहमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, शैलेन्द्र खनाल, पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत सो कन्सट्रसन कम्पनीका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । चीन सरकारको सहयोगमा काठमाडौंको मातातिर्थमा निर्माण भएको सो प्रतिष्ठानको ‘ओपनिङ सेरोमनी’ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २०७१ साल पुस ११ गते सम्पन्न भएको थियो । प्रतिष्ठानको निर्माण कार्य चीन सरकारको सहयोगमा करीव तीन अर्ब ६० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । प्रतिष्ठानको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपाललाई उक्त प्रतिष्ठान हस्तान्तरण गरिएको हो । काठमाडौंको मातातिर्थमा करीव तीन सय १८ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त प्रशिक्षण प्रतिष्ठान परिसरमा एउटा मुख्य भवनका साथै ब्यारेक भवन, फाइरिङ्ग रेन्ज, मेस, क्वार्टर गार्ड, खेलकुद हल, स्वीमीङ्ग पुल, फुटवल ग्राउण्ड, अडिटोरियम, हेलीप्याड, ड्युटी पोष्ट लगायतका पूर्वाधारहरु रहेका छन् ।

RECENT NOTICE

2017-09-01
सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट निर्देशिका (पहिलो संशोधन), २०७१
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-09-14
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको संशोधन सम्बन्धी सूचना(सूचना नं.APF/NCB/G/V/S/01/2074/075)
2017-09-08 - 2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/V/S/01/2074/075 (मद्दती तथा सेवा निर्देशनालय, आर्थिक प्रशासन शाखा)
2017-09-06
प्रा.स.प्र.नि(चिकित्सक) पदका उम्मेदवारहरुको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन
2017-09-04 - 2017-10-04
आ.ब. २०७४/०७५ मा स.प्र.बल, नेपाललाई अावश्यक पोशाक खरिद सम्बन्धी राष्ट्रियस्तरको बोलपत्र आह्ववानको सूचना
2017-09-01
सशस्त्र प्रहरी नायव उपरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी नायव निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी सहायक निरीक्षकहरुको सरुवा
2017-09-01
सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा