एपीएफ टोलीद्वारा लागूऔषधसहित दुईजना पक्राउ

15th June, 2017
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित डण्डाचोकबाट जेठ ३१ गते एपीएफ टोलीले विभिन्न किसिममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको तिलोतमा ११ रामनगर बस्ने ४४ वर्षिय खिमबहादुर कुवँर र ४१ वर्षिय हिमलाल पन्त छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमका ६ सयवटा लागूऔषधसहित पक्राउ गरेको हो । एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्ने क्रममा लु.१६ प ३४२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट फेनारगन २ सयवटा, डाइजिपाम २ सयवटा, नोफिन १ सयवटा र टल्गेस्ट नामको १ सयवटा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-11-15 - 2017-12-14
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/04/2074/075 को बुँदा नं.१ अन्तर्गत क्र.सं.३ विपद ब्यवस्थापन सम्बन्धी उद्धार समाग्रीहरुको विवरण संशोधन सम्बन्धी सूचना
2017-11-14 - 2017-12-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/D/R/02/2074/075)
2017-11-14
प्रा.स.प्र.नि(चिकित्सक) पदको स्वास्थ्य परीक्षण तथा अन्तर्वार्ताको मिति संशोधनको सूचना
2017-11-09 - 2017-12-12
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ मा उल्लेखित सि.नं.१ को 8 KVA Generator को प्राविधिक विवरण संशोधन संम्बन्धी सूचना
2017-11-06 - 2017-12-06
राष्ट्रिय स्तरको बोलपत्र आह्वानको सूचना नं. ०३/०७४-०७५(स.प्र.बल,नेपाल कल्याणकारी सेवा केन्द्र )
2017-11-05 - 1970-01-01
आ.ब. २०७४/०७५ मा हुने निर्माण कार्यहरुको सिलबन्दी बोलपत्र आह्वान वा e-bidding को सूचना (स.प्र.बल, नेपाल प्रधान कार्यालय)
2017-11-03
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) तर्फको लिखित परिक्षाको नतिजा
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०२/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (नेपाल ए.पि. एफ अस्पताल)
2017-10-31
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ०१/०७४/०७५ (नेपाल ए.पि. एफ स्कूल)
2017-10-29
स.प्र.जवान र स.प्र.परिचर पदका उम्मेदवारहरुको सम्पर्क मिति संशोधन गरिएको सूचना
2017-10-22
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना नं.१-२०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)