करीव पाँच केजी चरेशसहित एपीएफ टोलीद्वारा पक्राउ

01st June, 2017
पर्सा, पर्सा जिल्लाको विरगञ्ज १६ बाट एपीएफ टोलीले जेठ १८ गते करीव पाँच केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ । भारतको मजाफपुर बिहार घर बताउने २५ वर्षिय कृष्ण शर्मालाई सशस्त्र प्रहरी बल, नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म विरगञ्जबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज शर्मालाई गस्तीमा खटिएको एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा उल्लेखित परिमाणको चरेशसहित पक्राउ गरेको हो । उनलाई एपीएफ टोलीले बरामद चरेशसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएको छ ।