एपीएफ टोलीद्वारा घाइतेको उद्वार

30th May, 2017
सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ८ दुवाचौर स्थित केउरिनी भन्ने स्थानमा जेठ १५ गते बेलुका भएको सवारी दुर्घटनामा परी घाइते भएका तीन जनाको एपीएफ टोलीले उद्धार गरेकोे छ । मेलम्चीबाट दुवाचौतर्फ जाँदै गरेको बा.४ ख ५८५४ नम्बरको ट्रक सडक किनारामा पल्टिएर दुर्घटना हुँदा ट्रकमा सवार तीन जना व्यक्तिहरु घाइते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मेलम्चीबाट उद्वार कार्यको लागि खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगी घाइतेहरुको उद्धार गरेको थियो । घाइतेहरुलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाईएको छ ।