एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

30th May, 2017
मोरङ, मोरङ जिल्लाको बिराटनगर १६ स्थित हुलास चोकबाट एपीएफ टोलीले जेठ १५ गते बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोहि जिल्लाको झोराहाट राजबंशी टोल बस्ने १७ वर्षिय सुनिल कोइरालालाई सशस्त्र प्रहरी बल, नेपाल राजस्व एंव भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज कोइरालालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजिल्याप २७ वटा, लुपिजेसिक २७ वटा, फेनारगन १५ वटा तथा सिरिन्ज ३ थान र १० ग्राम गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीमा बुझाएको छ ।