एपीएफ टोलीद्वारा घाइतेको उद्वार

24th May, 2017
महोत्तरी, महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ४ स्थित विश्वकर्मा चोकमा जेठ ९ गते भएको अटो रिक्सा दुर्घटनामा परी घाइते भएका पाँच जनालाई एपीएफ टोलीले उद्वार गरेको छ । बर्दिवासबाट गढन्तातर्फ जाँदै गरेको ज. १ च २१९३ नम्बरको उक्त रिक्सा गति अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल छिन्नमस्ता गण बर्दिवासबाट खटिएको एपीएफ टोलीले घाइतेको उद्वार गरेको थियो । एपीएफ टोलीले घाइतेहरुलाई उद्धार पश्चात उपचारको लागि सिटी केयर अस्पताल बर्दिवासतर्फ पठाएको छ ।