चाँदीको गरगहनासहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

08th May, 2017
पर्सा, पर्सा जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १६ बाट एपीएफ टोलीले बैशाख २४ गते करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको बिरगञ्ज उपमहानगरपालिका १८ बस्ने २५ वर्षिय सन्दिपकुमार श्रेष्ठ छन् । उनलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले सो ठाउँमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको ना. ४३ प ५०२ नम्बरको मोटरसाइकलमा सवार निज श्रेष्ठको साथबाट उल्लेखित मूल्य बराबरको पाँच सय ८६ तोला चाँदीको गरगहना बरामद गरेको हो । पक्राउ परेका श्रेष्ठलाई बरामद गरगहना तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाइएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification