एपीएफ टोलीद्वारा अवैध सामाग्री बरामद

10th April, 2017
बाँके, बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न स्थानबाट चैत्र २७ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाह बाँकेबाट खटिएको एपीएफ टोलीले चोरीनिकासी तथा चोरीपैठारीको विभिन्न सामाग्री बरामद गरेको हो । बरामद सामाग्रीहरुमा खाद्यन्न तथा किराना सामान, मोटरपार्टस्, हार्डवेयरका सामान, सुपारी, फलफूल लगायतका सामान छन् । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाएको छ ।