आगलागि नियन्त्रणमा एपीएफ टोली सकृय

09th April, 2017
काठमाडौं, झापा जिल्लाको भद्रपुर नगरपालिका ८ स्थित मंगलचोकमा चैत्र २७ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएका छन् । त्यसठाउँमा स्थानीय देवेन्द्र बस्नेतले संचालन गरेको ‘चन्द्र फर्निचर’मा विद्युतीय तार सर्टभई आगलागी हुँदा फर्निचर लगायत करीव एक करोड २५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । आगलागी भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगि आगलागी नियन्त्रणमा जुटेको थियो । यसैगरी संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका ४ ढाडेभिरस्थित सामुदायिक वनमा चैत्र २६ गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याइएका छन् । सो आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल सुरक्षा वेश खाँदवारीबाट सशस्त्र प्रहरी निरीक्षक नारायण राईको कमाण्डमा एपीएफ टोली खटिएको थियो ।