एपीएफ टोलीद्वारा बिभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ

02nd April, 2017
पर्सा, सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म बिरगञ्जबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज उपमहानगरपालिका १६ बाट चैत्र २० गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको कलैया नगरपालिका ७ बस्ने १८ वर्षिय अलउर्दिन मिया छन् । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज मियाकोे साथबाट नोफ्रिन २० वटा, एभिल २० वटा, डाईजिल्याप २० वटा र फेनारगन २० वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका मियालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागी स्थानी प्रहरीमा बुझाएको छ । यसैगरी झापा जिल्लाको कमल गाउँपालिका ६ स्थित मंगलचोकबाट एपीएफ टोली र स्थानीय प्रहरीले चैत्र २० गते करीव ६ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि जिल्लाको दमक नगरपालिका १२ बस्ने ६० वर्षिय कमल लिम्बु छन् । उनलाई सशस्त्र प्रहरी बल पाथिभरा गण झापाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले झापाको दमकबाट गौरीगञ्जतर्फ जाँदै गरेको मे ४ प. ९०८२ नम्बरको स्कुटरमा जाँच गर्दा निज लिम्बुको साथमा उल्लेखित परिमाणको गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई बरामद गाँजा तथा स्कुटरसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।