करीव पाँच केजी चरेशसहित एपीएफ टोलीद्वारा पक्राउ

01st April, 2017
पर्सा, पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १६ स्थित भन्सार गेटबाट चैत्र १८ गते एपीएफ टोलीले करीव पाँच केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिक्टाबजार घर बताउने २९ वर्षिय रामबाबु प्रसाद छन् । उनलाई सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार सुरक्षा गुल्म विरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका निज प्रसादलाई एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथमा उल्लेखित चरेश फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रसादलाई बरामद चरेशसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।