एम्बुलेन्समा राखेर ल्याउँदै गरेको चोरीपैठारीको लत्ताकपडासहित एपीएफ टोलीद्वारा दुई जना पक्राउ

30th March, 2017
बाँके, एम्बुलेन्समा राखेर अवैध रुपले ल्याउँदै गरेको चोरीपैठारीको लत्ताकपडासहित बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ स्थित परसपुर भन्ने स्थानबाट चैत्र १६ गते राति एपीएफ टोलीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको भे. १ च ८३० नम्बरको एम्बुलेन्समा चोरीपैठारीको पाँच बोरा लत्ताकपडा फेला परेपछि एम्बुलेन्स चालक नेपालगंज १३ बस्ने २७ बर्षिय अजय बाल्मिकी र नेपालगंज १६ वस्ने सोही एम्बुलेन्सका सहचालक १६ वर्षिय राहुल बाल्मिकीलाई पक्राउ गरिएको हो । बिरामी नभएको खाली एम्बुलेन्समा राखेर ल्याउँदै गरेको करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेबाट गस्तीमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा एम्बुलेन्ससहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाहमा बुझाइएको छ ।