सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान

29th March, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यलाई चैत्र १६ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा दज्र्यानि चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार माननीय उपप्रधान तथा गृहमन्त्रीस्तरको चैत्र १५ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले त्यसअवसरमा सेवामा प्रवेश पछि पदोन्नती, सरुवा लगायतका कार्य नियमित प्रकृया भएको चर्चा गर्नुुभयो । उहाँले संगठनलाई आजको अवस्थासम्म ल्याइपु¥याउन अग्रजदेखि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान रहेको बताउनुहुँदै आगामी दिनमा संगठनलाई अझै अब्बल दर्जाको सुरक्षा निकायको रुपमा चिनाउन कडा मेहनतका साथ क्रियाशिल रहन निर्देशन दिनुभयो । कार्यक्षेत्रमा जिम्मेवारी निर्वाह गर्दा सधैं व्यावसायीक ढंगबाट प्रस्तुत हुनुपर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले कार्यसम्पादन गर्दा परिणाममुखी हुनुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल आगामी निर्वाचनको तयारीमा लागिपरेको चर्चा गर्नुहुँदै आफ्नो सम्पूर्ण ध्यान निर्वाचनका लागि केन्द्रित गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित र उत्कृट ढंगबाट सम्पन्न गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । व्यक्तिगत अभिलाषा र अवसरलाई त्यागेर आफ्नो कामलाई प्राथमिकता दिदै आफूभित्र रहेको ज्ञान र उर्जालाई जोसजाँगर र उत्साहका साथ संगठनको हितमा उपयोग गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो–‘हामीले गर्ने हरेक कामकारवाही संगठनको सफलतासँग जोडिने हुँदा कार्यक्षेत्रमा सवै एकढिक्का भएर लाग्नुपर्छ ।’ समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही र प्रकाश ओझा लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।