एपीएफ टोलीद्वारा गाँजासहित तीन जना पक्राउ

29th March, 2017
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ स्थित कोशी टप्पुबाट चैत्र १६ गते एपीएफ टोलीले करीव १ सय ७५ के.जी. तयारी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको श्रीपुर ६ बस्ने २२ वर्षिय विद्यानन्द मुखिया र राजाबास ९ बस्ने १८ बर्षिय सन्जिव मुखिया तथा भोजपुर जिल्लाको हसनपुर १ बस्ने २० वर्षिय घनश्याम खड्का छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।