सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ स्वदेश फिर्ता

22nd March, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ भारतको राजधानी नयाँदिल्लीमा आयोजित ‘बिमस्टेक नेशनल सेक्युरिटी चिपस्’को पहिलो बैठकमा सहभागि भई बुधबार स्वदेश फर्किनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाही लगायत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । चैत्र ८ गते सम्पन्न बिमस्टेकको एक दिवसिय सो बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाली टोली बैठकमा सहभागि हुन चैत्र ७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । सो टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठसहित राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी र प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याल सहभागि रहनुभएको थियो ।