एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

03rd March, 2017
सुनसरी, सुनसरी जिल्लाको हरिपुर गाविस ९ बाट फागुन १९ गते एपीएफ टोलीले करीव १ हजार ४ सय ४० वटा स्पामो ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको श्रीपुर गाविस ७ बस्ने ३८ वर्षिय समसुल मन्सुरी र उक्त गाविस ८ बस्ने ३५ वर्षिय अशोक यादव छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा. २९ प २०६९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा निजहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ६१ हजार सात सय रुपैयाँ तथा सामसुङ मोवाइल सेट ३ थान र पेनड्राईभ १ थान समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सर्लाहीबाट खटिएको एपीएफ टोलीले फागुन १९ गते सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ बाट विभिन्न किसिमको लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज. १ घ १५०५ नम्बरको टेम्पुमा जाँच गर्ने क्रममा सो टेम्पुमा सवार ती व्यक्तिहरुको साथमा गाँजा ७ ग्राम, नोरफिन ५ बोतल, फेनारगन ५ बोतल र डाईजिपाम ५ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification