राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस तथा सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना हुने ः–

23rd January, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही माघ महिनामा ‘तेह्रौ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७३’, ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक चौंथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ संचालन हुने भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताहरुको विविध विषयमा खेलकूद पत्रकारहरुलाई जानकारी गराउनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा एपीएफ क्लवका खेलाडीको स्तर अभिवृद्धिको लागि खेलकुद क्षेत्रमै करीअर विकास गर्ने अवसर संगठनले उपलब्ध गराएको बताउनुहुँदै करारमा नियुक्त खेलाडीहरुलाई समेत सशस्त्र प्रहरी कर्मचारी सरह विमा र सशस्त्र प्रहरी बलको अस्पतालहरुमा उपचारको अवसर प्रदान गरिएको जानकारी गराउनुभयो । उहाँले नेपाल एपीएफ क्लवमा आवद्ध विभिन्न विद्याका खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुलाई युएन मिसनको अवसर तथा अन्य सुविधाहरु समान रुपमा प्रदान गरिएको र हालै सम्पन्न सातौं ‘बृहद खेलकुद प्रतियोगिता’ मा ५० स्वर्ण तथा रजत ४८ र ५८ कास्य पदक सहित सशस्त्र प्रहरी बलले प्रतियोगितामा दोश्रो स्थान हासिल गरेको कुरा समेत उल्लेख गर्नुभयो । ‘क्लवका खेलाडीहरुले स्थापनायता हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ४२ स्वर्ण, ३० रजत, २७ कास्य पदक हासिल गरेको छ भने राष्ट्रिय स्तरमा ७१९ स्वर्ण, ५८४ रजत र ५८१ कास्य पदक हासिल गरेको छ’ भन्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले हाल सम्म ७६१ स्वर्ण सहित कूल १ हजार ९ सय ९३ पदक हासिल गर्न नेपाल एपीएफ क्लव सफल रहेको चर्चा गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले हाल संचालन गर्न लागेको उल्लेखित तीन वटै राष्ट्रिय प्रतियोगिताको कूल पुरस्कार राशी १७ लाख ६० हजार रुपैयाँ रहेको कुरा समेत जानकारी गराउनुभयो । यहि माघ १६ गतेबाट संचालन हुने राष्ट्रिय स्तरको प्रतियोगिता ब्याडमिन्टनमा भाग लिनको लागि खेलाडीले एकल इभेन्ट्समा पाँच सय रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने कुरा जानकारी गराउनुहुँदै उहाँले प्रतियोगिताका खेलहरु बीडब्लुएफ र बीएसीको नियमाअनुसार संचालन गरिने बताउनुभयो । तेह«ौं राष्ट्रव्यापी कृष्णमोहन स्मृती खुल्ला व्याडमिन्टन प्रतियोगितामा कूल १० इभेन्ट्स समावेश गरिएको र जम्मा पुरस्कार राशी सात लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै माघ १३ गतेबाट संचालन हुने नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा कुल १३ इभेन्ट्समा पाँच लाख ९५ हजार रुपैयाँ पुरस्कार राशी रहेको छ । उक्त प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसर स्थित नेपाल एपीएफ क्लवको लनटेनिस कोर्ट र सातदोवाटो स्थित अखिल नेपाल लनटेनिस कोर्टमा संचालन हुनेछ । कुनैपनि एकल इभेन्ट्समा एक हजार रुपैयाँ तथा युगल इभेन्ट्समा एक हजार पाँच सय रुपैयाँ तिरेर आवेदन फर्म भर्नुपर्ने छ । प्रतियोगिताका खेलहरु आइटीएफ र एएनएलटिएको नियमानुसार संचालन हुने कुरा सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले जानकारी गराउनुभयो । यस्तै माघ १६ गतेबाट संचालन हुने सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताका सम्पूर्ण खेलहरु अन्तर्राष्ट्रिय भलिबल महासंघको नियममा रहि नेपाल भलिबल संघको प्राविधिक सहयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीद्धारा संचालन गरिने तथा खेल लिगकम नकआउट प्रणालीमा वेष्टअफ फाइभमा खेलाइने छ । “प्रतियोगिता अविधिमा खेल सम्बन्धि कुनै विवाद आएमा निर्णायक समितिले दिएको निर्णय अन्तिम हुनेछ”– सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा जानकारी गराउनुभयो । ब्याडमिन्टन प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम नेपाल एपीएफ क्लब हल्चोक काठमाडौं, सशस्त्र प्रहरी बलका वाहिनीहरु, गणहरु र सीमा सुरक्षा कार्यालय तथा गुल्महरुबाट प्राप्त गर्न सकिने र माघ ११ गते कार्यालय समयभित्र एपीएफ क्लबमा बुझाउनु पर्नेछ । यसैगरी लनटेनिस प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले आवेदन फारम सशस्त्र प्रहरी बलका उल्लेखित कार्यालयहरु तथा अखिल नेपाल लन टेनिस संघ सातदोबाटो र त्रिपुरेश्वर लन टेनिस क्लब दशरथ रंगशालाबाट प्राप्त गर्न सकिने कुरा उहाँले जानकारी गराउनुभयो । प्रतियोगिता सम्बन्धि कुनै जानकारी लिनु परेमा सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको फोन नं. ०१–४२७८७७३ तथा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार के.सी.को मोवाइल नम्बर ९८५११६०९०० मा सम्पर्क गर्न सकिने कुरा समेत त्यसअवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रतियोगिताका विविध विषयमा संचारकर्मीहरुले राखेको जिज्ञासालाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले समाधान गर्नुभएको थियो । त्यसअवसरमा विभिन्न खेलकुदसंघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification