सशस्त्र प्रहरी महानिरीक्षक राईबाट ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान

08th January, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गर्नुभयो । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहनु भएका सशस्त्र प्रहरी महानिरीक्षक राईले आईतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ जना खेलाडीहरुलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षक तथा विभिन्न विद्याका खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गर्नुभयो । उक्त विशेष समारोहमा मिलन राई (पुरुष फुटबल), अनिता बस्नेत (महिला फुटबल), महेन्द्र श्रेष्ठ (पुरुष भलिबल), विनिता बुढाथोकी (महिला भलिबल), विशाल प्रधान (पुरुष ब्याडमिन्टन), शिक्षा श्रेष्ठ (महिला व्याडमिन्टन), बसन्त रेग्मी (पुरुष क्रिकेट) र करुणा भण्डारी (महिला क्रिकेट) ‘एपीएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन् । यसैगरी मनोज ठगुन्ना (पुरुष ह्याण्डबल), उमा राई (महिला ह्याण्डबल), पुरन राई (पुरुष बक्सिङ), माला राई (महिला बक्सिङ), विजय लामा (पुुरुष कराते), अनु अधिकारी (महिला कराते), भरत बोहरा (पुरुष तेक्वान्दो) र अप्सरा कार्कीले (महिला तेक्वान्दो) तर्फ सो अवार्ड प्राप्त गरेकी छिन् । यसैगरी पुरुष उसुतर्फ मंगलप्रसाद थारु, महिला उसुतर्फ सुस्मिता तामाङ्, पुरुष एथलेटिक्सतर्फ गोविन्द पार्की, महिला एथलेटिक्सतर्फ कान्छीमाया कोजु, पुरुष टेवुल टेनिसतर्फ शिवसुन्दर गोठे, महिला टेवुल टेनिसतर्फ सेलिखा खड्की, आईटीएफ टेक्वान्दोतर्फ श्यामकृष्ण श्रेष्ठ र जुडोतर्फ देविका खड्का ‘एपीएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन.् । यसैगरी एपीएफका कलाकारहरु राजिव बज्राचार्य र अनिता रञ्जितकार समेत सोही विशेष समारोहमा सम्मानित भएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी संगठन र देशको नाम उच्च तुल्याएको बताउनुभयो । ‘खेलाडीले हाम्रो शीर उचो तुल्याएका छन्’ सशस्त्र प्रहरी महानिरीक्षक राईले भन्नुभयो– ‘हाम्रो खेलाडीले मेहनतका साथ खेलेका छन् र संगठन र देशका लागि योगदान दिएका छन् ।’ प्रतिनिधि पात्रको रुपमा केही विद्याका खेलाडीको नाम नै लिएर सशस्त्र प्रहरी महानिरीक्षक राईले गर्वका साथ भन्नुभयो– ‘नेपाल एपीएफ क्वलमा उत्कृष्ट खेलाडी छन् र उनिहरुले आशा गरिए अनुरुप क्षमता प्रदर्शन गरेका छन् ।’ खेलाडीलाई संरक्षण गर्नुपर्ने तथा सशस्त्र प्रहरी बलले खेलाडीलाई उचित अवसर दिएको दृष्टान्त उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राईले संगठनका पूर्वज नेतृत्ववर्गको प्रयास तथा संगठनले दिएको खेलकुदको वातावरणले एपीएफ क्लवका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरिरहेको चर्चा गर्नुभयो । खेलाडी तथा तीनका प्रशिक्षक एवं खेलको वातावरण तयार गरिदिने एपीएफ क्लव एवं समाचारका माध्यमबाट खेलाडीको हौसाल बढाउन मद्धत पु¥याउने संचारकर्मी सबै प्रति आभार प्रकट गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले उक्त विशेष समारोहमा आफ्नो खेल जीवनको समेत स्मरण गर्नुहुँदै खेलकुद क्षेत्रको विकासमा आफुले सधैं सघाई रहने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा नेपाल एपीएफ क्लवको पुरुष फुटबल टिमलाई पाँच वर्षका लागि एक करोड ११ लाख रुपैयाँको प्रायोजन सम्झौताका साथै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लवका खेलाडीहरुलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मालाई कदर पत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राईले सोहि अवसरमा नेपाल एपीएफ क्लवलाई सहयोग पु¥याउने एन्फाका महासचिव धिरेन्द्र प्रधान, चौधरी ट्रेडर्सका प्रमोदप्रसाद चौधरी र आर.जे. स्पोर्टसका रमेश रुपाखेतीलाई समेत कदर पत्र प्रदान गर्नुभयो । वि.सं. २०६१ साल बैशाख ३१ गते स्थापना भएको नेपाल एपीएफ क्लवले हाल विभिन्न विद्याका २६ खेलमा आफ्नो सहभागिता जनाउँदै आएको छ । सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन हुँदै आइरहेको छ । नेपाल एपीएफ क्लवका खेलाडीहरुले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ४२ स्वर्ण, ३० रजत र २७ कास्य पदक प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय स्तरमा ७१४ स्वर्ण, ५८३ रजत र ५७९ कास्य गरी कुल १ हजार ९ सय ७५ पदक हासिल गरेको छ । उक्त कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षहरु डा. कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरु एवं विभिन्न विद्याका खेलाडी तथा प्रशिक्षकवर्गको उपस्थिति रहेको थियो ।

Recruitment Result/ Notice

RECENT NOTICE ...more

2017-10-17 - 2017-10-31
सुरक्षा सम्बन्धी सामाग्रीहरु खरिद प्रयोजनार्थ सुरक्षा,सामरिक वा प्रतिरक्षा सामाग्री आपुर्ति अनूरुप दर्ता हुन आएका सफल कम्पनीहरुको नामावली
2017-10-12 - 2017-11-16
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना (सूचना नं. APF/NCB/G/04/2074/075)
2017-10-11
पोशाकको योग्यताका आधारहरुको बुँदा नं."क" संशोधन गरिएको सूचना
2017-10-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना(सूचना नं.APF/NCB/G/03/2074/075)
2017-10-09
पोशाक खरिद गर्ने बोलपत्र आहवान संशोधन सम्बन्धी सुचना
2017-10-08
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.०१/०७४/०७५ (स.प्र.बल, नेपाल कल्याणकारी सेवा केन्द्र)
2017-10-04
आ.ब. २०७४/०७५ मा खरिद गरिने सामानहरुको Specification
2017-09-24
Vehicle Specifications for 4WD Double Cab Pickup
2017-09-20
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification