सशस्त्र प्रहरी नायव महानिरीक्षक पौडेलबाट बिशिष्ट व्यक्ति सुरक्षा तालिमको समापन :–

11th January, 2019
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा (बिशेष कार्यदल) काठमाडौं नम्बर १९ गणमा संचालित सि.सं. ४३ बिशिष्ट व्यक्ति सुरक्षा तालिम पुस २७ गते सम्पन्न भएको छ । उक्त तालिमको सोही गणमा अयोजित एक कार्यक्रमका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक पौडेलले त्यसअवसरमा तालिमबाट आर्जन गरेको ज्ञान, सिप, कला र कौशललाई कार्यक्षेत्रमा भरपुर उपयोग गर्दै त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले यस किसिमको तालिमबाट आर्जन गरेको ज्ञानले कार्यक्षेत्रमा खटिएपछि जिम्मेवारी निर्वाहमा सफलता हासिल गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक सुमन चालिसेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आठ हप्ता अवधिको उक्त तालिममा ४ जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई खबर संकलन तथा मूल्यांकन, खतराको शिलेश्षण सवारीमार्गको सुरक्षा, समारोहस्थलको सुरक्षा, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, बल प्रयोगको सिद्धान्त, मानवअधिकार, मानवीय कानून लगाएतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिइएको कुरा जानकारी गराइएको थियो ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4