Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ काठमाडौं, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सिमा इलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेकी कैलाली जिल्लाको गोदावरी नगरपालिका ३ बस्ने करन बादीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश कारगिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १६ वटा र स्पास्मो प्रोक्सिभोन क्याप्सुल ८ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी बादीलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाकै बेलौरी नगरपालिका ६ स्थित सिमा इलाकाबाट असोज २१ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले बैतडी जिल्ला पाटन नगरपालिका २ बस्ने १९ बर्षिय दिपक बिष्टलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा , डिसाईक्लोमाइन क्याप्सुल ८ वटा र प्राभोडोनस्पास क्याप्सुल २ वटा फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका बिष्टलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
बिभिन्न किसिमको लागूऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
काठमाडौं, कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित सिमा इलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेकी कैलाली जिल्लाको गोदावरी नगरपालिका ३ बस्ने करन बादीलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेश कारगिलडाँडाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १६ वटा र स्पास्मो प्रोक्सिभोन क्याप्सुल ८ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी बादीलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कंचनपुर जिल्लाकै बेलौरी नगरपालिका ६ स्थित सिमा इलाकाबाट असोज २१ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले बैतडी जिल्ला पाटन नगरपालिका २ बस्ने १९ बर्षिय दिपक बिष्टलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट ३० वटा , डिसाईक्लोमाइन क्याप्सुल ८ वटा र प्राभोडोनस्पास क्याप्सुल २ वटा फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेका बिष्टलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।