सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार |
सप्तरी, सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टी सीमा ईलाकाबाट सशस्त्र प्रहरीले असोज १५ गते राती भारतीय नागरीक २२ वर्षिय शंकर कुमार साहलाई सकुशल उद्वार गरेको छ । उनलाई अज्ञात व्यक्तिले अपहरण गरी सिमा इलाकातर्फ लगेको भन्ने सूचना प्राप्त गर्नासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट उनको खोजी तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीले निजलाई सीमा ईलाकाको झाडीमा खुट्टामा साङ्लोले बाँधेर लडाई राखेको अवस्थामा सकुशल उद्वार गर्न सफल भएको हो । त्यसवेला सशस्त्र प्रहरीले एक थान मोवाईल सेट र एउटा सीमकार्ड समेत बरामद गरेको छ । |