Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालबाट महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भकाठमाडौ, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले बिहीबार नेपाल एपीएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भी.आई.ए., भी.आई.एल.आई. जाँच, रोगको पहिचान तथा उपचार तालिम’को समुद्घाटन गर्नुभयो । संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिलाहरुको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिद वापत लागेको रु पाँच लाख बराबरको चेक त्यसैअवसरमा एपीएफ अस्पताललाई सहयोग रुवरुप हस्तान्तरण गर्नुभयो । सोअवसरमा संघकी अध्यक्ष खनालले उपचारत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै महिला बिरामीहरुलाई फलफुल वितरण गर्नुभयो । देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघर सम्बन्धि समस्या भोगिरहेका दिदीबहिनीहरुको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यकासाथ सो संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा कोभिड–१९ महामारी पीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भएको चर्चा गर्नुहुँदै अस्पतालमा थप भएको आधुनिक उपकरणहरुको प्राप्तीसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावकासाथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तीमा निरन्तर कृयाशिल रहेको छ ।
/uploads/news/IrWJtCst9GZZmVK0jkgRaA==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालबाट महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ
काठमाडौ, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले बिहीबार नेपाल एपीएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भी.आई.ए., भी.आई.एल.आई. जाँच, रोगको पहिचान तथा उपचार तालिम’को समुद्घाटन गर्नुभयो । संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिलाहरुको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिद वापत लागेको रु पाँच लाख बराबरको चेक त्यसैअवसरमा एपीएफ अस्पताललाई सहयोग रुवरुप हस्तान्तरण गर्नुभयो । सोअवसरमा संघकी अध्यक्ष खनालले उपचारत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै महिला बिरामीहरुलाई फलफुल वितरण गर्नुभयो । देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघर सम्बन्धि समस्या भोगिरहेका दिदीबहिनीहरुको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यकासाथ सो संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा कोभिड–१९ महामारी पीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भएको चर्चा गर्नुहुँदै अस्पतालमा थप भएको आधुनिक उपकरणहरुको प्राप्तीसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । वि.सं. २०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावकासाथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सिमान्तकृत तथा पिछडीएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तीमा निरन्तर कृयाशिल रहेको छ ।