Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौ, सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले असोज १२ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त ६ वटै साइकल समेत बरामद गरिएकोे छ । बरामद लत्ताकपडा तथा साइकल विरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले असोज १३ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको जुत्ता तथा स्याण्डल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौ, सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले असोज १२ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त ६ वटै साइकल समेत बरामद गरिएकोे छ । बरामद लत्ताकपडा तथा साइकल विरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले असोज १३ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको छालाको जुत्ता तथा स्याण्डल बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।