Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित पक्राउ काठमाडौ, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरस्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले दुई बोतल कोरेक्स तथा पाँच ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमल गाउँपालिका २ बस्ने ५८ बर्षिय खड्ग दाहाल छन् । मे ३ प ९८३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेको हो । त्यसबेला उनको साथबाट एक थान मोबाईल सेट, ४ हजार ७ सय ७५ नेपाली रुपैयाँ र ७५ भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका दाहाललाई बरामद लागुऔषध, मोबाईल तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले करीब ६ के.जी. गाजाँसहित बारा जिल्लाकोे जितपुर सिमारा उपमहानगरपालिका ७ बस्ने १८ बर्षिय पवन कुमार श्रीवस्तवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रीवस्तवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाजाँ फेला परेपछी उनलाई पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको हो । त्यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले करीव ९ के.जी. गाँजा बरामद गरेको छ । जतुवाबाट झट्याहीतर्फ आउँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी सो झोलाभित्र जाँच गर्दा उक्त गाँजा फेला परेको हो । त्यसवेला उक्त मोेटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित पक्राउ
काठमाडौ, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरस्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले दुई बोतल कोरेक्स तथा पाँच ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमल गाउँपालिका २ बस्ने ५८ बर्षिय खड्ग दाहाल छन् । मे ३ प ९८३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेको हो । त्यसबेला उनको साथबाट एक थान मोबाईल सेट, ४ हजार ७ सय ७५ नेपाली रुपैयाँ र ७५ भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका दाहाललाई बरामद लागुऔषध, मोबाईल तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले करीब ६ के.जी. गाजाँसहित बारा जिल्लाकोे जितपुर सिमारा उपमहानगरपालिका ७ बस्ने १८ बर्षिय पवन कुमार श्रीवस्तवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रीवस्तवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाजाँ फेला परेपछी उनलाई पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको हो । त्यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले करीव ९ के.जी. गाँजा बरामद गरेको छ । जतुवाबाट झट्याहीतर्फ आउँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी सो झोलाभित्र जाँच गर्दा उक्त गाँजा फेला परेको हो । त्यसवेला उक्त मोेटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।