सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ |
काठमाडौं, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ५ भिष्वास्थित सीमा ईलाकाबाट भाद्र २१ गते एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बिरगंज महानगरापालिका १५ बस्ने राजकुमार पटेललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ५ सय वटा, डाईजेपाम ५ सय वटा र प्रोथाजिन ५ सय वटा फेला पारेको हो । पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट भाद्र २१ गते सशस्त्र प्रहरीले ४० वटा निट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको रतुवामाई नगरपालिका ६ बस्ने १९ वर्षिय बिदेक किष्कुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका किष्कुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |