सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ |
झापा, झापा जिल्लाको दमक नगरपालिका ३ बेलडाँगीबाट भाद्र १७ गते सशस्त्र प्रहरीले करीव ५ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेहरुमा सोही जिल्लाको दमक नगरपालिका ३ सेक्टर डेल्टा २ हट नम्बर १७९ बस्ने ३२ वर्षिय पूर्णबहादुर कटुवाल र डेल्टा १ हट नम्बर १०१ बस्ने २६ वर्षिय किरण राई छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल भुटानी शरणार्थी सुरक्षा वेश बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला परेको हो । पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगरसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । |