Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीबाट सशस्त्र प्रहरी जवान आधारभुत तालिम समापन काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखि काठमाडौंमा संचालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अबिनाश कुमार साहलाई खुकुरी प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा पूर्ण कार्यसफलताको शुभकामना समेत दिनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथी प्रकाश पार्नुहुँदै तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार, कर्तव्यनिष्ठ र पूर्ण व्यवसायिक भई संगठनले लिएको उद्देश्य प्राप्तीतर्फ कटिबद्ध रहेर व्यवसायिक कार्यसम्पादनमा जुट्न त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिउसीनाले सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई राष्ट्रसेवामा लाग्न आफ्ना सन्ततीहरुलाई अभिप्रेरित गर्नुहुने दिक्षित जवानहरुका अभिभावकप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै संगठनका नवप्रवेशी जवानहरुलाई फौजी कला, कौशल तथा रणनीति सिकाई व्यवसायिक ज्ञान प्रदान गर्ने कार्यमा अहोरात्र खटिईने तालिमका प्रशिक्षकबर्ग प्रति समेत धन्यवाद प्रकट गर्नुभयो । ३४ हप्ता अवधिको उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान राजेन्द्र तामाङ्ग, कवाजतर्फ सशस्त्र प्रहरी जवान सबिन भोञ्जन र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान रञ्जिता राई उत्कृष्ट भएका छन् भने ३८ जना महिलासहित कुल १ सय १५ जना सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
/uploads/news/po5rfNwXEd+ggtWd9zw+Fw==.jpg
सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीबाट सशस्त्र प्रहरी जवान आधारभुत तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विषेश कार्यदल) बगलामुखि काठमाडौंमा संचालित सि.सं. २३३ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । सोही गणमा आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले सो तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी जवान अबिनाश कुमार साहलाई खुकुरी प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गिरीले दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा पूर्ण कार्यसफलताको शुभकामना समेत दिनुभयो । उहाँले फौजी संगठनमा तालिमको महत्वमाथी प्रकाश पार्नुहुँदै तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार, कर्तव्यनिष्ठ र पूर्ण व्यवसायिक भई संगठनले लिएको उद्देश्य प्राप्तीतर्फ कटिबद्ध रहेर व्यवसायिक कार्यसम्पादनमा जुट्न त्यसैअवसरमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल प्रसाद तिउसीनाले सशस्त्र प्रहरी बल नेपालमा आवद्ध भई राष्ट्रसेवामा लाग्न आफ्ना सन्ततीहरुलाई अभिप्रेरित गर्नुहुने दिक्षित जवानहरुका अभिभावकप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै संगठनका नवप्रवेशी जवानहरुलाई फौजी कला, कौशल तथा रणनीति सिकाई व्यवसायिक ज्ञान प्रदान गर्ने कार्यमा अहोरात्र खटिईने तालिमका प्रशिक्षकबर्ग प्रति समेत धन्यवाद प्रकट गर्नुभयो । ३४ हप्ता अवधिको उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी जवान राजेन्द्र तामाङ्ग, कवाजतर्फ सशस्त्र प्रहरी जवान सबिन भोञ्जन र चाँदमारीतर्फ सशस्त्र प्रहरी जवान रञ्जिता राई उत्कृष्ट भएका छन् भने ३८ जना महिलासहित कुल १ सय १५ जना सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।