Toll Free No : 1114   +977-01-5249041
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Suraj Kumar ShresthaDIGDIGP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Suraj Kumar Shrestha
DIG Armed Police Force, Nepal
+977 - 9851272007
surajshrestha@apf.gov.np

रेडियो संचार ग्रेड थ्रि तालिम संचालन

काठमाडौं,
    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सि.सं. २५ रेडियो संचार ग्रेड थ्री  तालिम संचालन भएको छ । ।
उक्त तालिमको प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले माघ १८ गते एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक थापाले त्यसअवसरमा फौजी संगठनमा दैनिक कार्य संचालनमा संचारको विशेष भूमिका रहने चर्चा गर्नुहुँदैै संगठनको कामकारवाहीलाई छिटोछरितो ढंगबाट सम्पादन गर्नसक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संगठनले यस्ता व्यावसायिक तालिमहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको उल्लेख गर्नुभयो ।
उहाँले संचार सम्बन्धि कार्य गर्दा यसको महत्व बुझेर सधैं पेशागत इमान्दारिताकासाथ अनुशासित भई जिम्मेवारी पूरा गर्नुपर्ने चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई ज्ञान आर्जन गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. मिलन शर्मा ढकालले तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
    पाँच महिना अवधिको सो तालिममा कूल ४० जना विल्लादार तथा जवानहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका छन् । 

{ /images/misc/no-image.jpg }