Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित आमबगैयाँ, बेलडाँडी गाउँपालिका ३ कालोपुल र बेदकोट नगरपालिका १० दैजी ईलाकाबाट असार २० गते सशस्त्र प्रहरीले करीव ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चिनी तथा सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा उक्त दुई वटै मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले असार २० गते करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट ना ४६ प २५८९ नम्बरको मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका ६ स्थित आमबगैयाँ, बेलडाँडी गाउँपालिका ३ कालोपुल र बेदकोट नगरपालिका १० दैजी ईलाकाबाट असार २० गते सशस्त्र प्रहरीले करीव ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट दुई वटा मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चिनी तथा सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान तथा उक्त दुई वटै मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले असार २० गते करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट ना ४६ प २५८९ नम्बरको मोटरसाईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य ६० हजार रुपैयाँ रहेको छ ।