Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बिभिन्न संस्थालाई नगद सहयोग हस्तान्तरण काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २०औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते मानव सेवा आश्रम रानीवनमा रहेका आश्रितहरुका लागि नगद सहयोग हस्तान्तरण गरेको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले एक समारोहका बीच उक्त आश्रमका सचिव सुमन बड्तौलालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । यसैगरी बिहिबार सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट संघकी कोषाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले बाल सारथी एकेडेमी तिलगंगाका अध्यक्ष डा. माला खरेललाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । सो एकेडेमीले पशुपति क्षेत्र वरिपरी बस्ने असहाय तथा गरिव परिवारका करीव एक सय बालवालिकाहरुलाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेकोमा त्यसका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो बार्षिकोत्सवको अवसर पारेर उक्त नगद सहयोग प्रदान गरेको हो । बार्षिकोत्सवकै अवसरमा यसअघि सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी गणमा रहेको बगलामुखी मन्दिरको पुजा अर्चना समेत गर्नुभएको थियो ।
/uploads/news/Nt6qjkf4eW1ozYdWPT2Qqw==.jpg
बार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बिभिन्न संस्थालाई नगद सहयोग हस्तान्तरण
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २०औं वार्षिकोत्सवको पुनित अवसरमा असार १७ गते मानव सेवा आश्रम रानीवनमा रहेका आश्रितहरुका लागि नगद सहयोग हस्तान्तरण गरेको छ । सो संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले एक समारोहका बीच उक्त आश्रमका सचिव सुमन बड्तौलालाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । यसैगरी बिहिबार सशस्त्र प्रहरी परिवार महिला संघको तर्फबाट संघकी कोषाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले बाल सारथी एकेडेमी तिलगंगाका अध्यक्ष डा. माला खरेललाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । सो एकेडेमीले पशुपति क्षेत्र वरिपरी बस्ने असहाय तथा गरिव परिवारका करीव एक सय बालवालिकाहरुलाई निःशुल्क खाना तथा शिक्षाको व्यवस्था गर्दै आईरहेकोमा त्यसका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो बार्षिकोत्सवको अवसर पारेर उक्त नगद सहयोग प्रदान गरेको हो । बार्षिकोत्सवकै अवसरमा यसअघि सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत संघका अन्य पदाधिकारीहरुले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी गणमा रहेको बगलामुखी मन्दिरको पुजा अर्चना समेत गर्नुभएको थियो ।