सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीले भन्यो : समाचार भ्रामक र काल्पनिक, सबै काम नियमसंगत ढंगले भएको छ |
काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आजको राजधानी दैनिकमा प्रकाशित ‘‘सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’ को आशंका’’ शिर्षक समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी राजु अर्यालले आज मंगलबार विज्ञप्ती प्रकाशित गरी समाचारमा उल्लेख गरिएबमोजिम प्रचलित नियम कानुन विपरीत कुनै पनि प्रकारले कार्य नगरेको उल्लेख गरेका छन् । उजुरी परेको तथा स्रोतले जानकारी दिएको भन्दै प्रकाशित सो समाचार वास्तविक तथ्य भन्दा बाहिर गई प्रकाशित भएको र समाचार पुष्टि गराउने तर्फ कुनै ध्यान नदिई प्रकाशित गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । साथै राज्यले सुम्पिएको दायित्व निर्वाहमा व्यवसायिक कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरिरहेको यस संगठनका बारेमा तथ्य भन्दा बाहिर गई प्रकाशित भएको सो समाचारले पाठक वर्गमा भ्रम सिर्जना गरेको पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ - समाचारमा बजेट टुक्राएर आफुखुसी खरिद, नक्कली श्रेस्ता बनाई तीन करोड खर्च, सार्वजनिक खरिद र नियमावली वेवास्ता, ४० करोडको पोशाक खरिदमा मिलेमतो जस्ता काल्पनिक कुराहरु प्रकाशित भएको हुँदा सोको खण्डन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले उक्त समाचारमा उल्लेख गरिए बमोजिम प्रचलित नियम कानुन विपरित कुनै पनि प्रकारले कार्य नगरेको व्यहोरा स्पष्ट पारिएको छ । विज्ञप्तीमा संगठनमा विभिन्न शीर्षकमा खर्च गर्ने गरी बजेट विनियोजन हुने गरेको र संगठनले नियम संगत ढंगले सो बजेटको खर्च गर्ने उल्लेख छ । विज्ञप्तीमा भनिएको छ- समाचारमा उल्लेख गरिएको सामान खरिद प्रक्रिया, मर्मत सम्भार, फर्जी बिल, भत्ता वितरण, इन्धन पोशाक खरिदलगायतमा व्यापक अनियमितता भएको भन्ने कुरा पुर्ण रुपमा गलत हो । संगठनले यी र यस्ता कार्यहरु नियमसंगत ढंगले गर्ने गरेको तथा कुनै अनियमितता नभएको कुरा स्पष्ट पारिएको छ । सशस्त्र प्रहरी बल नेपालले गर्ने खरिद प्रक्रियामा कतिपय खरिद प्रक्रिया केन्द्रबाट हुने तथा कतिपय खरिद प्रक्रिया मातहत सशस्त्र प्रहरी ईकाईबाट हुने कानुनी व्यवस्था रहेको पनि विज्ञप्तीमा उल्लेख छ । संगठनले सोही व्यवस्था बमोजिम विभिन्न शीर्षकका खरिद कार्य गर्ने गरेको र यसमा कुनै अनियमितता नभएको, मातहत सशस्त्र प्रहरी ईकाईले गर्ने खरिद प्रक्रियामा बजेट निकासी कार्य हुँदा सोभैm ‘एलएमबिआईएस’को माध्यमबाट सम्बन्धित ईकाईमै बजेट निकासा हुने गरेको विज्ञप्तीमा जनाइएको छ । ‘सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट ठेकेदारसँगको मिलेमतोमा मातहत कार्यालय मार्फत नै भुक्तानी गरी अनियमितता गरेको’ भनी समाचारमा उल्लेखित विवरण समेत पुर्ण रुपमा झुट्टा भएको विज्ञप्तीमा भनिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले तथा मातहत इकाईबाट समेत अनियमित कार्य हुन नपाओस् भनी यथेष्ठ रुपमा अनुगमन तथा प्रयासहरु गरिरहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिएको छ । संगठनले सामान खरिद प्रक्रियामा गुणस्तरमा कुनै सम्झौता नगर्ने व्यहोरा समेत जानकारी गराइएको छ । विज्ञप्तीमा भनिएको छ- संगठनले फर्जि बिल बनाई अनियमितता गरेको भन्ने कुरा पुर्णतया गलत हो । साथै भण्डारमा मौज्जाद रहेको पाललाई महामारीको बेला प्रयोग गरेर त्यसको पनि बिल भरपाई बनाएर आर्थिक अनियमितता गरेको भन्ने काल्पनिक समाचारले भ्रम सिर्जना गर्ने हुँदा सो समाचारमा सत्यता नरहेको कुरा जानकारी गराईन्छ । फर्जि ढंगले भम्रणभत्ता स्वीकृत गरिएको, नक्कली कागजात बनाएर रकमान्तर मार्फत अनियमितता गरेको, नक्कली श्रेस्ता तयार गरी आर्थिक अनियमितता गरेको जस्ता भम्रपुर्ण कुराहरु समावेश गरी प्रकाशित उक्त समाचार पुर्णतया गलत रहेको छ । |