Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ स्थित जमुवा चोकबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भोक्राहा गाउँपालिका ५ बस्ने ३३ वर्षिय मोहम्मद काशिम मन्सुरी छन् । को ११ प ३०२२ नम्बरको मोटरसाईकलमा सवार मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ४ बोतल, स्पास्मो प्रोक्सिभन ट्याब्लेट १० वटा र निट्राजेपाम ट्याब्लेट १० वटा फेला परेपछि उनलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । मन्सुरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको विराटनगर नगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ बस्ने ४३ वर्षिय सन्जु शाहीलाई पक्राउ गरेको छ । प्रदेश ०१–०२–०४४ प ८५८२ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ३ बोतल, नाईट्रोभेट ट्याब्लेट ३० वटा र स्पस्मो प्रोक्सिभन ट्याब्लेट ८ वटा फेला पारेको थियो । उनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ स्थित जमुवा चोकबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भोक्राहा गाउँपालिका ५ बस्ने ३३ वर्षिय मोहम्मद काशिम मन्सुरी छन् । को ११ प ३०२२ नम्बरको मोटरसाईकलमा सवार मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स ४ बोतल, स्पास्मो प्रोक्सिभन ट्याब्लेट १० वटा र निट्राजेपाम ट्याब्लेट १० वटा फेला परेपछि उनलाई उक्त मोटरसाईकलसहित पक्राउ गरिएको हो । मन्सुरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको विराटनगर नगरपालिका १६ दरैयास्थित सीमा ईलाकाबाट जेठ ९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही ठाउँ बस्ने ४३ वर्षिय सन्जु शाहीलाई पक्राउ गरेको छ । प्रदेश ०१–०२–०४४ प ८५८२ नम्बरको मोटरसाईकलमा सवार शाहीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ३ बोतल, नाईट्रोभेट ट्याब्लेट ३० वटा र स्पस्मो प्रोक्सिभन ट्याब्लेट ८ वटा फेला पारेको थियो । उनलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।