Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउ काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट जेठ ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षिय अमित कुमार चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागूऔषधसहित सोही जिल्लाको विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षिय शिवशंकर यादव पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरियाबाट जेठ ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १ सिताचोक बस्ने २८ वर्षिय अमित कुमार चौधरी छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ ६ गते सशस्त्र प्रहरीले १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागूऔषधसहित सोही जिल्लाको विष्णुपुर गाउँपालिका १ बस्ने २१ वर्षिय शिवशंकर यादव पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।