Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पतेरुवास्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २७ वर्षिय रञ्जित सिंह छन् । भारतबाट स ९ प ७८६८ नम्बरको मोटरसाईलकमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पतेरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ७ एम्पुल, फेनिरामिन मलेट ७ एम्पुल र पेन्टाजोसिन ७ एम्पुल फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज सिंहलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जिमुवाबाट खटिएको सशस्त्र प्रहरीले जेठ ५ गते विभिन्न किसिमका लागूऔषधसहित कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० जिमुवा चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भिमदत्त नगरपालिका ५ बनखेत बस्ने २८ वर्षिय योगेन्द्र ऐरी छन् । म २ प ५३४५ नम्बरको मोटरसाईकलमा सवार उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा २४ वटा सिम्प्लेक्स ट्याब्लेट, १ बोतल रुस्कफ कफ सिरफ र १२ मिलिग्राम खैरो हेरोईन फेला पारेपछि पक्राउ गरिएको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका निज ऐरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पतेरुवास्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका ७ बस्ने २७ वर्षिय रञ्जित सिंह छन् । भारतबाट स ९ प ७८६८ नम्बरको मोटरसाईलकमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश पतेरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ७ एम्पुल, फेनिरामिन मलेट ७ एम्पुल र पेन्टाजोसिन ७ एम्पुल फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज सिंहलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जिमुवाबाट खटिएको सशस्त्र प्रहरीले जेठ ५ गते विभिन्न किसिमका लागूऔषधसहित कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० जिमुवा चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको भिमदत्त नगरपालिका ५ बनखेत बस्ने २८ वर्षिय योगेन्द्र ऐरी छन् । म २ प ५३४५ नम्बरको मोटरसाईकलमा सवार उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा २४ वटा सिम्प्लेक्स ट्याब्लेट, १ बोतल रुस्कफ कफ सिरफ र १२ मिलिग्राम खैरो हेरोईन फेला पारेपछि पक्राउ गरिएको हो । त्यसवेला उनले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका निज ऐरीलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।