सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा खैरो हेरोईनसहित पक्राउ |
कञ्चनपुर, कञ्चनपुर जिल्लाको बेलडाडी गाउँपालिका ३ बैवाहस्थित सीमा ईलाकाबाट जेठ १ गते एपीएफ टोलीले करीव ७ ग्राम खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको शुक्लाफाँटा नगरपालिका ४ बस्ने २५ वर्षिय नरेशप्रसाद जोशी छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुडाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको खैरो हेरोईन फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज जोशीलाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलडाडीमा बुझाईएको छ । |