Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउकाठमाडौ., सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट बैशाख १२ गते एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्रबको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट ५ सय ग्राम चरेश समेत बरामद गरेको छ । पक्राउ परेका निज कुमारलाई बरामद कटुवा पेस्तोल, गोली, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बझुाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका ७ रंगेली रोडस्थित आरएन ट्रेडर्सको गोदामबाट बैशाख १२ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोल तथा सोको दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त गोदाममा काम गर्ने सुनसरी जिल्लाको ईटहरी नगरपालिका १७ बस्ने २४ वर्षिय सुजित साह रौनियार छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश ईटहरीबाट खटिएको एपीएफ टोलीले विशेष सुचनाको आधारमा सो गोदाममा जाँच गर्दा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज रौनियरलाई बरामद कटुवा पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बझुाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ
काठमाडौ., सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट बैशाख १२ गते एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्रबको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उनको साथबाट ५ सय ग्राम चरेश समेत बरामद गरेको छ । पक्राउ परेका निज कुमारलाई बरामद कटुवा पेस्तोल, गोली, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बझुाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका ७ रंगेली रोडस्थित आरएन ट्रेडर्सको गोदामबाट बैशाख १२ गते एपीएफ टोलीले एक थान कटुवा पेस्तोल तथा सोको दुई वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त गोदाममा काम गर्ने सुनसरी जिल्लाको ईटहरी नगरपालिका १७ बस्ने २४ वर्षिय सुजित साह रौनियार छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश ईटहरीबाट खटिएको एपीएफ टोलीले विशेष सुचनाको आधारमा सो गोदाममा जाँच गर्दा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज रौनियरलाई बरामद कटुवा पेस्तोल तथा गोलीसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बझुाईएको छ ।