Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

कानूनी लिखत प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा हल्चोक काठमाडौंमा संचालित कानूनी लिखत प्रशिक्षक प्रशिक्षण सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालले चैत्र २० गते आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस किसिमको तालिमले कार्यक्षेत्रमा परिचालित हुँदा पेशागत चुनौती तथा कानूनी चुनौतीहरुको निरुपणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान सिपले जिम्मेवारी निर्वाहको क्रममा आईपर्ने कानूनी तथा व्यवहारिक कठिनाईहरुको नियमसंगत ढंगबाट समाधान गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण इकाईहरुले गर्ने कानूनी कार्यलाई एकरुपता कायम गराउन, त्रुटीहरु हटाउन तथा कार्यक्षेत्रमा देखिएका द्विविधाहरु समाधान गरी कानून सम्मत तवरबाट कार्यसम्पादन गर्न यस तालिम सहायक सिद्ध हुने बताउनुभयो । पाँच दिनसम्म संचालन भएको उक्त तालिममा जुनियर अधिकृत तथा विल्लादार जवान गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सो तालिममा कानूनी लिखतको परिचय, विभिन्न कानूनी लिखतहरु, सशस्त्र प्रहरी ऐन नियमावली, विभागीय कारवाहीको प्रकृया तथा मस्यौदा लेखन जस्ता विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण गराइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।
/uploads/news/no-image-new.jpg
कानूनी लिखत प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा हल्चोक काठमाडौंमा संचालित कानूनी लिखत प्रशिक्षक प्रशिक्षण सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रदिपकुमार पालले चैत्र २० गते आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको समापन गर्नुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस किसिमको तालिमले कार्यक्षेत्रमा परिचालित हुँदा पेशागत चुनौती तथा कानूनी चुनौतीहरुको निरुपणमा सहयोग पु¥याउने बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञान सिपले जिम्मेवारी निर्वाहको क्रममा आईपर्ने कानूनी तथा व्यवहारिक कठिनाईहरुको नियमसंगत ढंगबाट समाधान गर्न सघाउ पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक युवराज अर्यालले सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण इकाईहरुले गर्ने कानूनी कार्यलाई एकरुपता कायम गराउन, त्रुटीहरु हटाउन तथा कार्यक्षेत्रमा देखिएका द्विविधाहरु समाधान गरी कानून सम्मत तवरबाट कार्यसम्पादन गर्न यस तालिम सहायक सिद्ध हुने बताउनुभयो । पाँच दिनसम्म संचालन भएको उक्त तालिममा जुनियर अधिकृत तथा विल्लादार जवान गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सो तालिममा कानूनी लिखतको परिचय, विभिन्न कानूनी लिखतहरु, सशस्त्र प्रहरी ऐन नियमावली, विभागीय कारवाहीको प्रकृया तथा मस्यौदा लेखन जस्ता विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण गराइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो ।