Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाई

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संयुक्त राष्ट्रसंघको झन्डामुनि रहि शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा सधैं अनुशासित तथा ईमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 
    उहाँले त्यसतर्फ खटिँई जान लागेको सशस्त्र प्रहरी बल, नेपालको एफपीयु टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तर दायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले विदेशमा रहँदा त्यहाँको भाषा संस्कृति र रहनसहन फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई सुझबुझका साथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकार र मानवीय कानून तथा लंैगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भरतकुमार श्रेष्ठको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा १९ जना अधिकृतसहित कूल १८० जना रहेका छन् ।
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
 
/uploads/news/1.JPG