Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नम्बर १३ गण पर्साको समुद्घाटनकाठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको फागुन ११ गते समुद्घाटन गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको समुद्घाटन गर्नुकासाथै पर्सा जिल्लाको सीमावर्ती ईलाकामा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत निरीक्षण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराधन नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिदा अन्य सुम्बद्ध अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा कृायशिल रहन निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम, पर्सा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/qaMcMPoWiKumpGKC4hCYgg==.jpg
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नम्बर १३ गण पर्साको समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको फागुन ११ गते समुद्घाटन गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनालले आजै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको समुद्घाटन गर्नुकासाथै पर्सा जिल्लाको सीमावर्ती ईलाकामा अवस्थित अन्य सशस्त्र प्रहरी बल, नेपालका बोर्डर आउट पोष्ट तथा सुरक्षा वेश र पकाह मैनापुरमा निर्माणधिन अवस्थामा रहेको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भवनको समेत निरीक्षण गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा अहोरात्र परिचालित भई सीमा सुरक्षा, नागरिकको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्वार कार्यमा खटिएर व्यावसायिक कार्यसम्पादन गरिरहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप, चोरीतस्करी नियन्त्रण तथा सीमा अपराधन नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको अहम भूमिका रहने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिदा अन्य सुम्बद्ध अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्दै अनुशासित एवं इमान्दारितापूर्वक जिम्मेवारी निर्वाहमा कृायशिल रहन निर्देशन दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतम, पर्सा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, स्थानीय भद्रभलाद्मी लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुको उपस्थिती रहेको थियो ।