सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद |
काठमाडौं, रौटहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टिस्थित सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले फागुन २ गते करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मुर्ती तथा गरगहना बरामद गरेको छ । अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त मुर्ती तथा गरगहना रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित बाईपास ईलाकाबाट बरामद गरिएको हो । बरामद सामाग्री स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ र ४ को सीमा ईलाकाबाट फागुन २ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स, मोबाईल फोनको कभर र कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । |