Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गबाट माघ २६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका ७ बलही बस्ने २२ बर्षिय जितेन्द्र यादवलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निज यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ मलंगवाबाट माघ २७ गते एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ४१ वर्षिय सुरेन्द्र यादव छन् । भारतीय मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका ३ बस्ने २६ वर्षिय अमृतबहादुर बस्नेत छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित पूर्व–पश्चिम लोकमार्गबाट माघ २६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको सुखिपुर नगरपालिका ७ बलही बस्ने २२ बर्षिय जितेन्द्र यादवलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । लागूऔषध खरिद विक्री गरिरहेको अवस्थामा उनलाई एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ४५ वटा, कोरेक्स दुई बोतल र सय ग्राम गाँजासहित पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला निज यादवको साथबाट ३८ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ मलंगवाबाट माघ २७ गते एपीएफ टोलीले ७५ बोतल वीनसिरेक्स नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ बस्ने ४१ वर्षिय सुरेन्द्र यादव छन् । भारतीय मोटरसाईकलमा सवार निज यादवलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेट ईलाकाबाट माघ २७ गते एपीएफ टोलीले तीन पत्ता नाइट्रोभेट र दुई बोतल वीनसिरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको ठोरी गाउँपालिका ३ बस्ने २६ वर्षिय अमृतबहादुर बस्नेत छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज बस्नेतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।