Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF Spokesperson.jpg Raju AryalDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Raju Aryal
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु – 

काठमाडौं, 
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आईतबार देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ खेलकुद प्रतियोगिता सुरु भएको छ । 
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । 
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी निरीक्षक विजयकुमार के.सी.लाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद संघसंस्थाका प्रतिनिधि एवं खेलाडीहरु तथा एपीएफ अधिकृत जवानहरुको उपस्थिति रहेको थियो । 
उक्त प्रतियोगिता यही पौष ७ गतेसम्म नेपाल एपीएफ रंगशाला र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुनेछ । 
    पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना खेलाडीहरुको सहभागिता रहेको छ ।
    उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ । 
    सो प्रतियोगिताको आज भएको एथलेटिक्स ८ सय मिटर पुरुषतर्फको दौडमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी जवान मंगल थारु प्रथम भएका छन् भने महिला १५ सय मिटर दौडमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थकी सशस्त्र प्रहरी जवान आशा रावत प्रथम भएकी छन् ।
 
/uploads/news/5fe04a755ed3f.JPG