सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
एपीएफ टोलीद्वारा लागूऔषध बरामद |
बारा, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ९ स्थित सीमा ईलाकाबाट कार्तिक १८ गते सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस झरोखरबाट खटिएको एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषध बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला डिकोजपेम एक सय ५० वटा, नोफिन एक सय ५० वटा र प्रोमेफोजीन हाईड्रोक्लोराईड एक सय ५० वटा बरामद गरेको हो । झोला बोकेर हिडिरहेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै सो झोला सोही ठाउँमा छडी भगेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको थियो । बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ । |