Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २० बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय सुरेन्द्रप्रसाद हरिजन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता, नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार यादव र बिकीकुमार यादव छन् । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २० बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय सुरेन्द्रप्रसाद हरिजन छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता, नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार यादव र बिकीकुमार यादव छन् । एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।