Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ बर्षिय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ बर्षिय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ बर्षिय राजकुमार रोका र ३० बर्षिय अजितकुमार श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ बर्षिय सागर रसाईलीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १५ हात्तीवनबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको थाहा नगरपालिका १२ बस्ने २२ बर्षिय सविन आलेमगर, धादिङ जिल्लाको थाक्रे गाँउपालिका ४ बस्ने २७ बर्षिय रणबहादुर आलेमगर, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका १४ बस्ने ३६ बर्षिय राजकुमार रोका र ३० बर्षिय अजितकुमार श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण खुमलटारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उनीहरुको साथबाट चरेश दुई केजी, नोफिन ५० वटा, डाईजोल्याप ५० वटा, फोनीगाम ५० वटा र ६ वटा मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोबाईल सेटसहित आवश्यक कारवाहीको लागि प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ । यसैगरी पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट कार्तिक ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २० बस्ने २३ बर्षिय सागर रसाईलीलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा वीनसीरेक्स १७ बोतल र नाईट्राभेट ट्याब्लेट ५५ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।